काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकूलपति नियुक्तिका लागि दरखास्त आह्वान गरिएको सूचना रद्द गरिएको छ ।
गत शुक्रबार प्रकाशन गरिएको दरखास्त आह्वान सम्बन्धी सूचना पुस २१ गतेको निर्णयले रद्द गरिएको छनोट तथा सिफारिस समितिले जनाएको छ ।
त्रिविका पदाधिकारीलाई नै उपकुलपति बनाउने गरी दरखास्त आह्वान गरिएको भनेर आलोचना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना सच्याउन निर्देशन दिएका थिए । तर समितिले प्रक्रिया नै रद्द गरेको छ ।