मोटरसाइकलमा ३ जना चढ्दा दुर्घटना, चालकको मृत्यु हुँदा पछाडि सवार २ महिला घाइते

काठमाडौं । बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा आईतबार राति भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ ।

मोटरसाइकलमा ३ जना चढेको बेला भएको दुर्घटनामा पछाडि सवार २ महिला घाइते भएका छन् ।

हेटौंडाको राप्ती पुल नजिकै भएको मोटरसाइकल दुर्घटनामा हेटौंडा उपमहानगरपालिका–४ का २२ वर्षीय महेन थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।

मोटरसाइकलमा सवार हेटौंडा–२ की वेविसा खड्की र विनिता थापा घाइते भएका छन् । घाइते वेविसा खड्कीलाई थप उपचारका लागि भरतपुर रेफर गरिएको छ ।

ना६प ७०५५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकमा लडेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...