तीव्र गतिको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु
धनगढी । तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा चालकको मृत्यु भएको छ ।
भजनी नगरपालिका–६ नवलपुरस्थित भित्री सडकखण्डमा आईतबार राति सुप प्र ०१००९प ११२९ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।
दुर्घटनामा स्थानीय मोटरसाइकल चालक २२ वर्षीय तारा चौधरीको मृत्यु भएको छ । गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज नेपालगञ्ज लगिएकोमा उपचारका क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको जनाएको छ ।