प्रहरीका एसपीले चलाएको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । झापा जिल्लामा नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) ले चलाएको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कन्काई नगरपालिका–८ मा प्रहरीका एसपी भीमबहादुर दाहालले चलाएको गाडीको ठक्करले कमल गाउँपालिका–६ का १८ वर्षीय अनिल मर्डीको मृत्यु भएको छ ।

धरानस्थित संघीय प्रदेश प्रहरी कार्यालयमा कार्यरत दाहालले चलाएको मे१च ७८३९ नम्बरको स्कोरपियो गाडी मर्डीले चलाएको मे१०प १६६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि गम्भीर घाइते भएका मर्डीलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...