काठमाडौं । राजधानी काठमाडौं उपत्यकाभित्र १६ जना कारोना संक्रमित सम्पर्कविहीन रहेका जनस्वास्थ्य विज्ञ रवीन्द्र पाण्डेले सार्वजनिक गर्नुभएको छ ।
सामाजिक सञ्जाल फेसबूकमा स्टेटस लेख्नुहुँदै विज्ञ पाण्डेले बुधवार संक्रमण पुष्टि भएका १०२ जनामध्ये १६ जना सम्पर्कविहीन रहेका जनाउनुभएको छ ।
‘यस्ता घटना अन्य जिल्लामा पनि भएका छन् । यो सम्बन्धित निकायको व्यवस्थापनमा असफलता मात्र होइन, जनस्वास्थ्यमाथिको चरम लापरबाही हो,’ उहाँले लेख्नुभएको छ, ‘उनीहरूले धेरै ठाउँमा धेरै जनालाई संक्रमण सार्न सक्छन् । परीक्षण गरेका व्यक्तिलाई रिपोर्ट आउने बेलासम्म होल्डिङ सेन्टर वा क्वारेन्टाइनमा राखिएन भने महामारी रोक्न सकिँदैन ।’
हिंजो काठमाडौं उपत्याकामा सक्रमित १०२ जनामध्ये १६ जना सम्पर्कबिहीन छन् | यस्ता घटना अन्य जिल्लामा पनि भएका छन् | यो…
Posted by Rabindra Sameer on Wednesday, August 5, 2020