काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएर छुटेका योगराज ढकाल ‘रिगल’ पुनः पक्राउ परेका छन् ।
कैद मिनाहा दिने निर्णयलाई सर्वोच्च अदालतले बदर गरेपछि जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले रिगललाई पक्राउ गरेको छ ।
बाँकेका एसपी सुवास बोहराले रिगललाई पक्राउ गरिएको बताए । सर्वोच्च अदालतले बिहीबार ढकाललाई आममाफी दिने निर्णय बदर गर्दै तत्काल पक्राउ गरेर थुनामा राख्न आदेश दिएको थियो ।
अदालतले उनलाई बाँकी रहेको ११ वर्ष ११ महिना ११ दिन थुनामा राख्न आदेश दिएको छ । संविधान दिवसको अवसरमा राष्ट्रपतिले रिगलको बाँकी कैद माफी गरेपछि भदौ ४ गते उनी छुटेका थिए ।