देशभर गृह मन्त्रालयको विशेष निर्देशन : जोरबिजोर लागू, राति ९–५ बजेसम्म आवागमन बन्द

काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथामका लागि गृह मन्त्रालयले देशभर जिल्ला प्रशासन कार्यालयहरूलाई विशेष निर्देशन दिएको छ ।

मन्त्रालयका सहप्रवक्ता चक्रबहादुर बुढाले बुधवार प्रेस विज्ञप्ति जारी गर्नुहुँदै गृह मन्त्रालयले कडाइ गर्न निर्देशन दिएको जानकारी दिनुभयो ।

गृह मन्त्रालयको निर्देशन अनुसार सुरक्षा मापदण्ड अनुसार मास्क नलगाउनेलाई कारवाही गर्ने, काठमाडौं उपत्यका प्रवेश गर्दा कडाइ गर्ने उल्लेख छ ।

काठमाडौं उपत्यका र सक्रिय संक्रमित २०० भन्दा बढी भएका जिल्लामा अत्यावश्यकबाहेक सार्वजनिक र निजी सवारीसाधनमा भोलि बिहीबारदेखि जोरबिजोर लागू गर्ने, यसभित्र पर्ने जिल्लाका शहरी क्षेत्रमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गर्ने विज्ञप्तिमा उल्लेख छ ।

कोरोनाको जोखिम विश्लेषण गरी जिल्लामै निर्णय गरी बन्द गर्न सकिने र थप परीक्षणको व्यवस्था मिलाउने जनाइएको छ ।

यस्तो छ मन्त्रालयको विज्ञप्ति –

सम्बन्धित
Loading...