ताप्लेजुङ । जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–२ तुन्दुमा छिमेकीको घरमा छाडेर गएको २१ महिने बालकको डुबेर मृत्यु भएको छ ।
स्थानीय लाक्पा शेर्पाको छोरा करीब २१ महिनाको निम दोर्जी शेर्पाको डुबेर मृत्यु भएको छ ।
लाक्पाले आफ्नो छोरालाई छिमेकी थोके शेर्पाको घरमा छाडी खेताला गएको समयमा घरमा रक्सी पारिराखेको कटमा डुबेर बालकको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिवा र ईलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरी टोलीले घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।