धनगढी । चोरी मुद्दामा दोषी ठहर भई फरार रहेका कैलालीको गोदावरी नगरपालिका–२ तेघरी बस्ने ३६ वर्षीय रक्किल मगरलाई ईलाका प्रहरी कार्यालय मालाखेतीले पक्राउ गरेको छ ।
फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला अदालत कैलालीबाट चोरी मुद्दामा २०६७ असार ३१ गतेको फैसलाले ११ हजार २५० रुपैयाँ जरिवाना र १ महिना कैद सजाय तोकिएर फरार रहेको मगरलाई पक्राउ गरिएको छ ।
पक्राउ परेका मगरलाई आवश्यक कारबाहीका लागि प्रहरीले अदालतसमक्ष पेश गरेको जनाइएको छ ।