धनगढी । कैलालीको गौरीगंगा नगरपालिका–२ झिलस्थित सडकमा मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु भएको छ ।
भे७प ५३८१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री कटान निवासी ७३ वर्षीया पावनीदेवी साउँदको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।