चक्कुले आफ्नै १६ दिने शिशुको हत्या प्रयास गर्ने सुत्केरी आमा पक्राउ

काठमाडौं । नवजात शिशु र बालबालिकालाई आमाको स्नेश, माया र प्रेम चाहिन्छ तर दाङमा एक आमा आफ्नै नवजात शिशुको हत्या प्रयास गरेको आरोपमा पक्राउ परेकी छन् ।

दाङमा १६ दिने नवजात शिशुको हत्या प्रयास गरेको अभियोगमा सुत्केरी आमा पक्राउ परेकी हुन् ।

लमही नगरपालिका–७ कप्तानगञ्ज निवासी २५ वर्षीया निरम चौधरीलाई आफ्नै नवजात शिशुको हत्या प्रयास गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

बुधबार दिउँसो उनले घरमा कोही नभएको अवस्थामा तरकारी काट्न प्रयोग गरिने चक्कुले नवजात शिशुको घाँटीमा प्रहार गरेको आरोप छ ।

वडा प्रहरी कार्यालय लमहीले आमालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक शंकर श्रेष्ठले बताए । घाइते बच्चाको उपचारका लागि लमही अस्पतालमा लगिए पनि उपचार सम्भव नभएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही रेफर गरिएको छ ।

सुत्केरी आमाले आफैंले जन्मदिएको शिशुको हत्या प्रयास किन गरिन् भन्नेबारे खुलेको छैन । केही दिनदेखि झोक्रिने, टोलाउने जस्ता समस्या आमामा देखिएको बताइएको छ ।

सम्बन्धित
Loading...