काठमाडौं । इजरायलमाथि आक्रमण गरेका हमासका लडाकूले १० जना मारेको ‘खुशीयाली’ आफन्तसँग बाँडेको अडियो बाहिरिएको छ ।
इजरायलमाथि आक्रमण भएको ८ अक्टोबरका दिन हत्या गरिएका व्यक्तिकै मोबाइलबाट बुवालाई फोन गरेर हमासका लडाकू महमूदले आफूले १० जनालाई मारेको भनेर ‘बहादुरी’ बयान गरेका छन् । उनले फोन गरिसकेर फालेको मोबाइल इजरायली सुरक्षा संयन्त्रले बरामद गरेर अडियो बाहिर ल्याएको छ ।
दक्षिणी इजरायल क्षेत्रमा घुसेर हमासका लडाकूले गरेको हत्यापछि फोन गरेको इजरायल सरकारको विदेश मन्त्रालयले जनाएको छ । छोराले १० जना यहूदी मारेको सुनेर उनका बुवा खुशी भएको सुनिएको इजरायली विदेश मन्त्रालयले जनाएको छ ।
यस्तो छ कुराकानी –
महमूद – हेल्लो बुवा, ह्वाट्स एप खोल्नुहोस् र हेर्नुहोस्, मैले आफ्नै हातले कति जनालाई मारिदिए । तपाईंको छोराले यहूदीहरूलाई मारिदियो ।
बुवा – अल्लाह–हू–अकबर, अल्लाह–हू–अकबर, खुदा तिम्रो रक्षा गरुन् ।
महमूद – यो मेफल्सिमको दृश्य हो । म तपाईंसँग यहूदीके फोनबाट कुरा गर्दैछु । मैले उसलाई र उसका पतिलाई मारे । मैले आफ्नै हातले १० यहूदीलाई मारिदिए ।
बुवा – अल्लाह–हू–अकबर
महमूद – आफ्नो फोन खोल्नुहोस् र हेर्नुहोस् मैले कति जनालाई मारिदिए ।
बुवा – रुन थाले (सायद खुशीले)
महमूद – मैले १० जनालाई मारे, आफ्नै हातले । मलाई आमासँग कुरा गर्न दिनुहोस्
आमा – मेरो छोरा, अल्लाह तिम्रो रक्षा गरुन्
महमूद – मैले एक्लै १० जनालाई मारिदिए आमा ।
बुवा – अल्लाह, तिमी सुरक्षित घर पुग
महमूद – आमा, ह्वाट्स एपमा आउनुहोस्, म भिडियो कल गर्छु
आमा – मैले पनि त्यहाँ तिमीसँगै हुन पाएको भए हुन्थ्यो
महमूद – आमा, तपाईंको छोरा हिरो हो, म पहिलो थिए, जो सबैभन्दा पहिला यहाँ आएको थिए, अल्लाहको मद्दतले ।