इजरायल–हमास युद्धबीच इरानलाई अमेरिकी चेतावनी – यस्तो गल्ती नगरोस् !

काठमाडौं । इजरायल–हमास युद्ध चलिरहेका बेला अन्य देशमा पनि युद्ध हुनसक्ने आशंका गर्ने गरिन्छ । यस्तै बेला अमेरिकाले इरानलाई चेतावनी दिएको छ ।

अमेरिकी विदेश मन्त्री एन्टोनि ब्लिंकनले इरानलाई गल्ती नगर्न चेतावनी दिएका छन् ।

संयुक्त राष्ट्र सुरक्षा परिषद्मा बोल्दै ब्लिंकनले यदि अमेरिकामाथि इरानको प्रोक्सी (समर्थक चरमपन्थी समूह)ले कुनै पनि आक्रमण गरे अमेरिका जवाफी आक्रमणमा उत्रिने चेतावनी दिए ।

उनले भने, ‘अमेरिका इरानसँग संघर्ष चाहँदैन । हामी चाहँदैनौं कि युद्ध अन्य क्षेत्रमा पनि फैलियोस् ।’

अमेरिकी सेनाले इराक र सिरियाका आफ्ना सैन्य ईलाकामा पछिल्लो हप्तादेखि १ दर्जन बढी ड्रोन आक्रमण भएको र २० भन्दा बढी सैनिक सामान्य घाइते भएका जनाएको छ ।

ब्लिंकनले भने, ‘यदि इरान या उसको प्रोक्सी अमेरिकी सैनिकमाथि कुनै पनि ठाउँमा आक्रमण गर्छन् भने यस्तो गल्ती इरानले नगरोस् । हामी आफ्ना नागरिकको रक्षा गर्नेछौं । हामी आफ्नो सुरक्षा गर्नका लागि तीव्र कदम उठाउनेछौं ।’

अमेरिकी चेतावनीले मध्य पूर्व क्षेत्रमा तनाव बढेको बुझ्न सकिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सम्बन्धित
Loading...