काठमाडौं । नेपालले इजरायल र प्यालेस्टाइनको हमास समूहबीच युद्धविरामको पक्षमा मतदान गरेको छ ।
मतदानपछि संयुक्त राष्ट्रसंघको महासभाले युद्ध रोक्ने प्रस्ताव पारित गरेको छ ।
प्रस्ताव पारित भएपछि शत्रुताको अन्त्य गर्दै तत्काल युद्धविरामको आह्वान गर्ने निर्णय गरिएको छ ।
प्रस्तावको पक्षमा १२० मत परेको छ भने विपक्षमा १४ देशले मतदान गरेका छन् । नेपालले पक्षमा मतदान गर्दा भारतसहित ४५ देशले मतदान गरेनन् । इजरायलले प्रस्तावको विपक्षमा मतदान गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।