काठमाडौं । इजरायलमाथि आक्रमण गर्न खटिएका हमासका लडाकूले खतरनाक लागूऔषध (ड्रग) प्रयोग गर्ने गरेको पाइएको छ ।
इजरायली मिडियाले जवाफी आक्रमणमा मारिएका हमासका लडाकूको गोजीमा खतरनाक ड्रग भेटिएको खुलासा गरेका छन् । हमासका लडाकूसँग क्याप्टागन नामक लागूऔषध भेटिएको पाइएको छ ।
लागूऔषध क्याप्टागनले लडाकूलाई लामो समयसम्म जागृत राख्ने, भोक–प्यास नलाग्ने, सतर्क र सक्रिय राख्ने समाचारमा उल्लेख छ । त्यसकै कारण हमासका लडाकू इजरायलविरुद्ध निरन्तर लडाइँमा सक्रिय छन् ।
लागूऔषध प्रयोग गरेका लडाकूले सर्वसाधारणको निर्मम र क्रूर हत्या गर्ने गरेका छन् । ड्रगको नसाले लडाकूलाई क्रूर बनाउने र इजरायलविरुद्ध हमासको युद्धलाई लम्ब्याउन सहयोग गरिरहेको बताइन्छ ।