‘मर्निङ वाक’ गर्दा भुस्याहा कुकुरले लखेटेपछि चर्चित उद्यमीको मृत्यु

काठमाडौं । ‘मर्निङ वाक’ गरिरहेका बेला कुकुरले लखेटेपछि भारतको गुजरातमा चर्चित व्यवसायीको मृत्यु भएको छ ।

भारतको ‘बाघ बकरी’ ब्राण्डको चिया उद्योगका सञ्चालक पराग देसाईलाई १५ अक्टोबरमा कुकुरको समूहले सडकमै आक्रमण गरेपछि उनी भाग्न खोज्दा सडकमा चिप्लिएका थिए ।

बिहानै मर्निङ वाकमा निस्किएका बेला एक्कासि कुकुरले आक्रमण गर्दा उनी लडेर घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । लडेर टाउकोमा गम्भीर चोट लागेका उनलाई शेल्बी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । अवस्था नाजुक भएपछि थप उपचारका लागि हेबतपुर रोडस्थित निजी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनी नेतृत्वको चिया कम्पनीले भारतका २४ प्रदेश र विश्वका ६० देशमा आफ्नो उत्पादन बिक्री गर्दै आएको छ ।

सम्बन्धित
Loading...