काठमाडौं । लकडाउन अन्त्यसँगै राजधानी काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिहरूमा कोरोना भाइरस संक्रमण देखिन थालेपछि गृह मन्त्रालयले देशभर कडा निर्देशन दिएको छ ।
बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले एक जिल्लाबाट अर्काे जिल्ला प्रवेश गर्ने कार्यमा कडाइ गर्न निर्देशन दिएको छ ।
मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले प्रेस विज्ञप्ति जारी गर्नुहुँदै विना पास अन्तर जिल्ला आवागमन पूर्ण रुपमा बन्द गर्न/गराउन सबै सुरक्षा निकाय र सबै जिल्ला प्रशासन कार्यालयहरूमा विशेष निर्देशन जारी गरिएको जानकारी दिनुभयो ।
बिहीबारै साँझदेखि लागू हुने गरी अत्यावश्यक सेवा र ढुवानीबाहेक साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा यात्रुको आवागमन पूर्ण रुपमा बन्द गर्न/गराउन निर्देशन समेत दिइएको छ ।
यस्तो छ गृह मन्त्रालयको विज्ञप्ति –
