राजकुमार दोङ तामाङ र रश्मी दोङ तामाङको आवाजमा ‘हे मेरी आमा’ (भिडियो)

काठमाडौं । डोल्मो घिसिङ तामाङको ‘हे मेरी आमा’ बोलको गीत बजारमा आएको छ ।

डोल्मो घिसिङको प्रस्तुति, शब्द र संगीत रहेको गीतलाई उनकै अफिसियल यूट्युब च्यानल डोल्मो घिसिङ तामाङमार्फत बजारमा ल्याइएको हो ।

बुद्ध स्याङ्बाको संगीत संयोजन, मिक्सिङ र मस्टरिङ रहेको गीतमा गायक एंव संगीतकार राजकुमार दोङ तामाङ र गायिका रश्मी दोङ तामाङको आवाज रहेको छ ।

भिडियोमा उनै गायक एंव संगीतकार राजकुमार दोङ र याङगी दोङको अभिनय देख्न सकिन्छ । निशल बस्नेतले छायांकन गरेको म्युजिक भिडियोलाई विकास दाहालले सम्पादन, युवराज वाइबाले निर्देशन, लोमुस पौडेलले सहनिर्देशन गरेका हुन् ।

सम्बन्धित
Loading...