झापा । ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापाको मेचीनगर नगरपालिका–११ बाँसबारी टोल बस्ने २६ वर्षीय करण कवर पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार करणले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धनकुटाको महालक्ष्मी नगरपालिका–६ घर भई हाल झापाको बिर्तामोड नगरपालिका–६ श्यालडाँगी बस्ने २७ वर्षीय प्रकाश तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
तामाङले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।
जबरजस्ती करणीको उजुरी सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।