धनगढी । दार्चुला जिल्लाको दुहुँ गाउँपालिका–१ बाच्पालीस्थित रातापोडमा भीरबाट खसेको ढुंगाले लागेर १ महिलाको मृत्यु भएको छ ।
ढुंगाले लागेर ५० वर्षीया जयमती महरको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जानकारी दिएको छ ।
घरबाट अन्दाजी ५०० मिटर टाढा रातापोडमा आईतबार दिउँसो घाँस काट्ने क्रममा भीरबाट ढुंगा खसेर टाउकोमा गम्भीर चोट लागेको थियो ।
जिल्ला अस्पताल दार्चुलामा उपचारकै क्रममा साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।