धनगढी । प्रहरीले योनीमा लागूऔषध खैरो हिरोइन लुकाएर ल्याइरहेको अवस्थामा १ युवतीलाई पक्राउ गरेको छ ।
कैलालीको धनगढीस्थित त्रिनगर भन्सार नाकाबाट खैरो हिरोइन ल्याइरहेको अवस्थामा विशेष सूचनाका आधार लागूऔषध अनुसन्धान ब्युरो महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले ती युवतीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ पशुपति टोल बस्ने २० वर्षीया अनुस्कासिंह ठकुरी रहेकी जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनले योनीमा लुकाएको अवस्थामा १ ग्राम खैरो हिरोइन बरामद गरिएको छ ।
त्रिनगर नाकामा रहेको हेल्थ डेस्ककी महिला स्वास्थ्यकर्मी र प्रहरीले उनको योनीबाट लागूऔषध निकालेको थियो । अनुस्कालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
अनुस्काले यसअघि पनि गुप्ताङ्गमा लुकाएर लागूऔषध ल्याउने गरेको प्रहरीको दाबी छ ।