बडाकाजी अमरसिंह थापाको स्मृतिमा भोलि सार्वजनिक बिदा

काठमाडौं । अंग्रेजको विस्तारवादी नीतिबाट नेपाली भूमिको रक्षा गर्न सैनिक नेतृत्व गरेका राष्ट्रिय विभूति बडाकाजी अमरसिंह थापाको स्मृतिमा भोलि शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।

थापाको नामबाट नामाकरण भएको डडेल्धुराको अमरगढी नगरपालिकाले पहिलो पटक उहाँको स्मृतिमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

अमरगढी नगरपालिकाको साउन १४ गतेको नगर कार्यपालिकाको बैठकले साउन १६ गते अमरसिंह स्मृति दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको नगर प्रमुख विश्वेश्वरप्रसाद ओझाले बताउनुभयो ।

विभूति अमरसिंह थापाले डडेल्धुराको खलंगामा विक्रम संवत् १९४७ सालमा अमरगढी किल्ला निर्माण गरेका थिए । अमरगढी किल्लाको नामले विक्रम संवत् २०५३ सालमा अमरगढी नगरपालिकाको नामाकरण गरिएको थियो ।

थापाको स्मृति दिवस साउन १६ गते विभिन्न कार्यक्रम गरी मनाउने तयारी अमरगढी नगरपालिकाले गरेको छ । स्मृति दिवसको पूर्व सन्ध्यामा बिहीवार अमरगढी किल्लामा सरसफाइ गरिएको छ । 

सम्बन्धित
Loading...