फेरि ह्वात्तै बढ्यो संक्रमण, एकैदिन ३११ जनामा कोरोना पुष्टि

काठमाडौं । केही दिनयता थोरै देखिएको कोरोना भाइरस संक्रमण फेरि ह्वात्तै बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार पछिल्लो अद्यावधिक विवरण सार्वजनिक गर्दै २४ घण्टामा ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभर कूल संक्रमितको संख्या १९ हजार ६३ पुगेको जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा ५ हजार ३२ जनामा कोरोना परीक्षण गर्दा ३११ जनामा संक्रमण फेला परेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

कोरोना संक्रमण घट्दै गएको भन्दै सरकारले लकडाउन अन्त्य गरेपछि विभिन्न सरकारी कार्यालय र निकायमै संक्रमण देखिन थालेको छ ।

सम्बन्धित
Loading...