भारतीय युवा नै नेपाल भित्र्याउँदै खैरो हेरोइन, २ जना पक्राउ

धनगढी । नेपाली युवाहरू लागूऔषध दुर्व्यसनीमा फसिरहेको बेला भारतीय युवाले नै नेपालमा लागूऔषध ल्याउने गरेको पाइएको छ ।

कैलालीको लम्कीचुहा नगरपालिका–९ सोहनपुरबाट १० ग्राम २८० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित प्रहरीले २ जना भारतीय युवालाई पक्राउ गरेको छ ।

सीमावर्ती भारतीय जिल्ला लखिमपुर खिरी निघासन तिकुनिया बस्ने २४ वर्षीय गुर्वेन्द्र सिंह र २१ वर्षीय कुलदिप सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा खैरो हेरोइन फेला पारी भारतीय नम्बरको मोटरसाइकल समेत बरामद गरी दुवै जनालाई नियन्त्रणमा लिइएको छ ।

यसैबीच नेपाली युवा समेत लागूऔषधसहित पक्राउ परिरहेका छन् ।

सम्बन्धित
Loading...