धनगढी । बझाङको चैनपुर र तलकोट क्षेत्रमा मंगलबार आएको भूकम्पको धक्काले क्षति पुर्याएको छ ।
तलकोटमा केही व्यक्ति घाइते भएका भनेर खबर आएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।
प्रहरी कार्यालयकै पर्खाल भत्किएको छ भने जयपृथ्वी राजमार्गमा पहिरो खसेको छ । भूकम्पले प्रहरीको सञ्चार सेटको सेवा अवरुद्ध भएको छ ।
विद्यालय र वडा कार्यालयमा क्षति पुगेको जानकारी पनि आएको प्रहरीले जनाएको छ । क्षतिको सबै विवरण संकलन भइरहेको छ । हालसम्म मानवीय क्षतिको कुनै जानकारी आएको छैन ।
दुर्गाथली गाउँपालिका–२ दुर्गाथली महालिङ्ग आधारभूत विद्यालयमा भूकम्पले क्षति पुर्याएको छ ।
बझाङको चैनपुर केन्द्रबिन्दु भएर दिउँसो ३ः०६ बजे ६.३ म्याग्निच्युड र दिउँसो २ः४० बजे बझाङको तालकोट केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्यूडको भूकम्प गएको जनाइएको छ ।