धनगढी । सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसूस गरिएको छ ।
मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा भूकम्पको धक्का महसूस गरिएको हो ।
भूकम्पको धक्का महसूस हुँदा सर्वसाधारण घरबाहिर निस्किएका थिए ।
बझाङको चैनपुर केन्द्रबिन्दु भएर दिउँसो ३ः०६ बजे ६.३ म्याग्निच्युड र दिउँसो २ः४० बजे बझाङको तालकोट केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्यूडको भूकम्प गएको जनाइएको छ ।