काठमाडौं । २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा १ जना पक्राउ परेका छन् ।
भदौ १४ गते दिउँसो प्यूठानको स्वर्गद्वारी नगरपालिका–४ भिंगृ बजारस्थित ए वन रेस्टुरेन्टमा खाजा खान लगेर २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रोल्पाको रोल्पा नगरपालिका–३ खुमले बस्ने २९ वर्षीय सुरेन्द्र विकलाई प्रहरीले पक्राउ गरेको छ ।
विकले ती महिलालाई जबरजस्ती करणी गरेको र सोही कारण बस्न गएको गर्भ फाल्नुपर्छ भन्दै ललाइफकाई थाहा नभएको औषधि सेवन गर्न दिँदा गर्भ खेर गएको थियो ।
करणी सम्बन्धी पीडितको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय भिंग्रीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।
घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।