डडेल्धुरा । डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका–७ राउजाली बस्ने २२ वर्षीय राजेश बिष्टको करेन्ट लागेर मृत्यु भएको छ ।
‘मेन लाइन’बाट तार तानेर शनिबार साँझतिर करेन्ट लगाई माछा मार्न खोज्दा बिष्टको मृत्यु भएको हो ।
आलिताल गाउँपालिका–८ मा बिजुलीको मेन लाईनबाट तार तानेर सुनखोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागी उनी गम्भीर घाइते भएकोमा जोगबुढा अस्पताल जोगबुढामा उपचारको क्रममा उनको मृत्यु भएको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।