शुक्लाफाँटा नगरपालिकाका सामुदायिक वन क्षेत्रमा जंगली हात्ती, सतर्कता अपनाउन आग्रह

झलारी । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका क्षेत्रभित्र पर्ने विभिन्न सामुदायिक वन क्षेत्रमा मंगलबार जंगली हात्ती देखिएका छन् ।

मंगलबार बिहान नगरपालिकाको १ नम्बर वडास्थित जनज्योति सामुदायिक वनमा जंगल हात्ती देखिएका भन्दै समूहका सहसचिव नवराज अवस्थीले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

उनले लेखेका छन्, ‘सावधान ! शुक्लाफाँटा नगरपालिका वडा नं. १ गणेशपुर जनज्योति साव क्षेत्रभित्र हात्ती प्रवेश गरेको हुँदा गणेशपुर, बंकका उपभोक्ताहरू सचेत हुन अनुरोध गर्दछु । साथै सम्बन्धित निकायले समयमै जनताहरूको जिउज्यान र पाकेको थानबालीको संरक्षण गर्न पहल गरियोस् ।’

मंगलबार साँझ शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महराले वैजनाथ सामुदायिक वन क्षेत्रमा जंगली हात्ती देखिएका जनाएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हात्ती विजयसाल ईलाकामा देखापरेका र दक्षिण गाउँबस्तीतर्फ अगाडि बढिरहेको जानकारी प्राप्त भएको छ । पारीफाँटा, नौखरी, मणिकाधाम टोल, दोमिल्ला, बेल्डाँडी, सुन्दरफाँटा, भमरभोज, कालापानीसम्म उच्च सतर्कता अपनाउनुहोला ।’

सम्बन्धित
Loading...