धनगढीको सेती प्रादेशिक अस्पतालभित्र जलमग्न ! बिरामीलाई सास्ती (भिडियो)

धनगढी । कैलालीको सेती प्रादेशिक अस्पताल जलमग्न भएको छ ।

गएराति परेको अविरल वर्षाका कारण अस्पतालमा बिरामी भर्ना गरिएका कक्षहरूमा पानी भरिएको छ ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाबाट अस्पताल आएकी मञ्जु भण्डारी विष्टले अस्पताल जलमग्न हुँदा बिरामीलाई समस्या परेको जानकारी दिइन् ।

अस्पतालका प्रसूति बार्ड, अप्रेसन बार्ड लगायतमा पानी भरिएको छ ।

हेर्नुहोस् भिडियो –

सम्बन्धित
Loading...