धनगढीमा मेयर हमालको सुशासन : सडक मर्मत थाल्नुअघि नै जानकारी दिएर निगरानी गर्न आग्रह

धनगढी । कतिपय स्थानीय तहमा विकास–निर्माण कार्य सकिएर योजना फरफारक भइसक्दासम्म समेत सर्वसाधारणले जानकारी पाउँदैनन् । अपारदर्शिताले विकास निर्माणमा अनियमितताको सम्भावना हुन्छ । तर कैलालीको धनगढी उपमहानगरपालिकामा सडक मर्मतको काम थाल्नुअघि नै सर्वसाधारणलाई जानकारी दिएर सुशासनको नमूना देखाइएको छ ।

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख (मेयर) गोपाल हमालले सडक बोर्डसँगको सहकार्यमा हुने सडकको आवधिक मर्मतको काममा निगरानी गर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबूकमार्फत अपिल गर्दै मेयर हमालले मर्मत हुने सडकबारे जानकारी दिएका छन् ।

उनले लेखेका छन्, ‘सडक बोर्ड नेपालसँगको सहकार्यमा सडकहरू आवधिक मर्मत गर्ने काम केही दिनभित्र सुरु हुने भएको हुँदा सम्पूर्ण नगरवासीज्यूहरूमा जानकारी गराइन्छ, गुणस्तरीय निर्माण गर्न निर्माण कम्पनीको कार्यलाई निगरानी गर्नुका साथै सहयोगका लागि अनुरोध गर्दछु ।’

सडक मर्मतमा कुनै गुनासो, सल्लाह, सुझाव भएमा सम्पर्क नम्बर ९८५८४८८८९५, ९८४८४२५१९८ र ९८०१७४२७३९ मा सम्पर्क गरिदिन मेयर हमालले अनुरोध गरेका छन् ।

यी सडक हुनेछन् मर्मत –

  • धनगढी उप-महानगरपालिका वडा न. : ५ लब्ली चौक मटीयारी सडक आवाधिक मर्मत गर्ने काम ( Taranagar-Jaai-Matiyari Chauraraha Road C024 )
  • धनगढी उप-महानगरपालिका वडा न. : १ हाम्रो डेरी देखी शिवनगर चौक जाली बसु देवी सडक आवाधिक मर्मत गर्ने काम ( Hamro Dairy-Shivnagar Chowk-Jai-Basudev HSS C081)
  • धनगढी उप-महानगरपालिका वडा न. १६ मोरी बंगरा भादा घुरही सडक आवाधिक मर्मत गर्ने काम ( Tilakpur-Bhada Road C061)
  • धनगढी उप-महानगरपालिका वडा न. : ३ केदार टोल पल्टन पथ आवाधिक मर्मत गर्ने काम ( Bhagwati Mandir-Kedar Tol- Highway-Boradandi Road C008 )
  • धनगढी उप-महानगरपालिका वडा न. : ४ तुल्सी चौक देखी कैलाली गाउँ जाने सडक आवाधिक मर्मत गर्ने काम ( Rato Pul-Temple Resort-Shivpuridham-Tulsichowk-Bhagwati Tole Road C026 )
  • धनगढी उप-महानगरपालिका वडा न. : ५ नं. वडा कार्यालय जाने र जाई शाखा सडक आवाधिक मर्मत गर्ने काम ( o443 )
  • धनगढी उप-महानगरपालिका वडा न. : ३ केदार टोल चटकपुर सडक आवाधिक मर्मत गर्ने काम ( C0082 )
  • धनगढी उप-महानगरपालिका वडा न. : ६ जाली नजरिया सडक आवाधिक मर्मत गर्ने काम (Basudev HHS-Doghara-Jokhaiya Road C023 )
  • धनगढी उप-महानगरपालिका वडा न. : २ महालक्ष्मी विकास बैक देखी सन्तोषीटोल जाने सडक
सम्बन्धित
Loading...