धनगढी । कैलाली जिल्ला पूर्वी क्षेत्रमा पर्ने रानीकुलो सिँचाइको नहरमा १ जना मृत अवस्थामा फेला परेका छन् ।
टीकापुर नगरपालिका–४ बाघमारा बस्ने ६५ वर्षीय सुकराढु थारुको शव नहरमा फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय टीकापुर कैलालीले थप अनुसन्धान गरिरहेको छ ।