भासु मन्दिरनजिक मोटरसाइकल दुर्घटना भएर भीरमा खस्दा १ जनाको मृत्यु

धनगढी । कैलाली जिल्लाको चुरे गाउँपालिका–५ भासु मन्दिरनजिक मोटरसाइकल भीरमा खस्दा १ जनाको मृत्यु भएको छ ।

भीमदत्त राजमार्गमा तराईबाट पहाडतर्फ जाँदै गरेको से६प ८७२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई अन्दाजी ५० मिटर तल भीरमा खसेर शुक्रबार साँझ दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो ।

मोटरसाइकल चालक डोटीको जोरायल गाउँपालिका–१ बस्ने १९ वर्षीय भीमबहादुर विकको आज शनिबार बिहान उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भई उपचारका लागि पदमा अस्पताल अत्तरिया हुँदै निसर्ग अस्पताल धनगढी लगिएका उनको उपचारकै क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

मोटरसाइकल दुर्घटनामा घाइते भएका मोटरसाइकल पछाडि सवार ४५ वर्षीय ओमप्रकाश सुनारको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

सम्बन्धित
Loading...