रञ्जनको मुद्दा पुनरावलोकन गर्ने यस्तो छ सर्वाेच्चको लिखित आदेश, पढ्नुहोला

काठमाडौं । पत्नी हत्याको आरोपमा जेल सजाय भोगिरहेका रञ्जनप्रसाद कोइरालाको कैद सजाय घटाउने गरी गत असार १५ गते भएको फैसलालाई पुनरावलोकन गर्न सर्वाेच्च अदालतले अनुमति दिएको छ ।

आईतबार सर्वाेच्च अदालतको पेशीमा चढेको पुनरावलोकन निवेदनमाथि न्यायाधीशत्रय बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीले फैसला पुनरावलोकन गरी हेर्न अनुमति दिनुभएको छ ।

सशस्त्र प्रहरीका पूर्व डीआईजी कोइरालाले पत्नी गीता ढकालको हत्या गरेर प्रमाण लुकाउन शव जलाएको देखिएपछि काठमाडौं जिल्ला अदालत र ललितपुर पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेका थिए ।

जिल्ला र पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका कोइरालालाई सर्वोच्चले ११ वर्ष सजाय घटाउने फैसला गरेपछि महान्यायाधीवक्ताको कार्यालयले पुनरावलोकन निवेदन दर्ता गरेको थियो ।

सर्वाेच्चको फैसला जनस्तरमा आलोचित बनिरहेका बेला अदालतले नै पुनरावलोकनका लागि सहमति दिएको छ ।

यस्तो छ पुनरावलोकनका लागि सहमति दिने लिखित आदेश –

सम्बन्धित
Loading...