नगरपालिकामा आज ‘थकाइ बिदा’

काठमाडौं । काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकाले आज बिहीबार थकाइ बिदा दिएको छ ।

कार्यालयका सामान ओपारपोसार गर्दा कर्मचारी थकित भएको कारणले देखाउँदै नगरपालिकाले आज बिदा दिएको छ ।

नगरपालिकाले सूचना जारी गर्दै नगरभित्रका सबै सरकारी, गैरसरकारी कार्यालय, विद्यालयमा बिदा हुने जनाएको छ ।

संविधान दिवसका अवसरमा नगरपालिकाको नवनिर्मित भवनबाट सेवा प्रवाह शुभारम्भ भएको हर्षोल्लासको उपलक्ष्य र कार्यालय व्यवस्थापन गर्दा कर्मचारी तथा जनप्रतिनिधि थकित भएकाले बिदा दिइएको नगरपालिकाको सूचनामा उल्लेख छ ।

सम्बन्धित
Loading...