वडावडामा चुनाव गर्न रास्वपाको निर्देशन, उम्मेदवार शुल्क कति तोकियो ? (सूचनासहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वडा समितिको नेतृत्व चयनका लागि चुनाव गर्न निर्देशन दिएको छ ।

पार्टीको नियमबमोजिम आफ्नो सदस्यता विवरणमा मतदाता परिचयपत्र अनिवार्य अनलाइन अपलोड भएका पार्टी सदस्यता लिएका सबैले वडा समितिमा रहनका लागि उम्मेदवारी दिन सक्ने पार्टी सहमहामन्त्री तथा संगठन विभाग प्रमुख कवीन्द्र बुर्लाकोटीले सूचना जारी गरेका छन् ।

वडा समितिको उम्मेदवार बन्न १०० रुपैयाँ शुल्क लाग्ने सूचनामा उल्लेख छ । कात्तिक १० गतेदेखि १६ गतेसम्म मतदान हुने र २० गतेभित्र परिणाम ल्याइसक्ने सूचनामा उल्लेख छ ।

वडा समितिमा ११ जना निर्वाचित सदस्यहरूमध्ये दलित १ जना, महिला ४ जना, ४५ वर्षमुनिका युवा ६ जना हुनेछन् । निर्वाचित सदस्य मध्येबाट वडा सभापति, उपसभापति र सचिव छनोट हुनेछन् ।

यस्तो छ सूचना –

सम्बन्धित
Loading...