रास्वपा केन्द्रीय समिति बैठक आज बस्दै, यी हुन् छलफलका एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठक आज बुधबार बस्दैछ ।

बुधबार दिउँसो ३ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बैठक बस्नेछ ।

उपसभापति डोलप्रसाद अर्यालका अनुसार बैठकले पार्टीको आर्थिक तथा प्रशासनिक नियमावली पारित गर्नेछ ।

बैठकले संगठनको अद्यावधिक, आर्थिक विभागबाट सहकारी, लघुवित्त, बैंक, इन्स्योरेन्स, रिइन्स्योरेन्स सम्बन्धी भएको अध्ययन, विभिन्न विभागको रिपोर्ट कार्ड लगायतबारे छलफल हुनेछ ।

बैठकले सभापति रवि लामिछानको नेतृत्वमा भएको नारायणगढ–बुटवल पदयात्राको समीक्षा गर्नेछ । पार्टीका तर्फबाट अब गर्ने भनिएको २१ वटा आयोजनाको पैदल यात्राको सम्बन्धमा समेत निर्णय गरिने उपसभापति अर्यालले जानकारी दिए ।

बैठकमा विभागीय कार्यसञ्चालन नियमावली, केन्द्रीय अनुशासन आयोगले प्रस्ताव गरेको आचारसंहिता, घरदैलो कार्यक्रमको रिपोर्ट लगायतका विषयमा समेत छलफल हुने बताइएको छ ।

सम्बन्धित
Loading...