यो भैंसी कसको हो ? आएर लैजानुहोला

झलारी । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुरमा भैंसी फेला परेको छ ।

धान खेतमा हिँडिरहेको बेला फेला परेको बेवारिसे भैंसीलाई स्थानीयले बाँधेर राखेका छन् ।

शुक्लाफाँटा–३ का वडाध्यक्ष नरेन्द्र डंगौराले आफ्नो भैंसी पहिचान गरी लैजान आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सूचना ! जो जससँग सम्बन्धित छ । शुक्लाफाँटा नगरपालिका वडा नम्बर ३ मा हराएको भैंसी सुरक्षित साथ बाँधिएको छ । सम्बन्धित व्यक्तिले पहिचान गरी सम्पर्क गरेर सामाजिक नियमानुसार लैजानु हुनेछ ।’ सम्पर्क मोबाइल नम्बर ९८४३७७३५७३ र ९८१०६२००३० दिइएको छ ।

सम्बन्धित
Loading...