आरक्ष पीडितका लागि अधिकारसम्पन्न न्यायिक आयोग गठन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट पीडित भएकाहरूको समस्या समाधानका लागि अधिकारसम्पन्न न्यायिक आयोग गठन गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छन् ।

बैठकपछि प्रवक्ता शर्माले भनिन्, ‘पीडित जनताको स्थायी समाधानका लागि अधिकार सम्पन्न न्यायिक आयोग बनाउने निर्णय भएको छ, यसले समस्याको स्थायी समाधान दिनेछ ।’

यसअघि समस्या समाधानको माग गर्दै शुक्लाफाँटा आरक्ष पीडित संघर्ष समितिका अध्यक्ष कर्णबहादुर चन्द र सचिव प्रेमदत्त भट्ट काठमाडौंको माइतीघर मण्डलामा अनसन बसेका थिए ।

सम्बन्धित
Loading...