भदौ २८ गते देशभर सार्वजनिक बिदा, पढ्नुहोस् गृह मन्त्रालयको विज्ञप्ति

काठमाडौं । गृह मन्त्रालयले भदौ २८ गते बिहीबार देशभर सार्वजनिक बिदा हुने जनाएको छ ।

मन्त्रालयका प्रवक्ता सहसचिव केदारनाथ शर्माले आज मंगलबार विज्ञप्ति जारी गर्दै संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि हुने दिन बिहीबार बिदा हुने जानकारी दिए ।

विज्ञप्तिअनुसार बिहीबार सरकारी कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ । यसअघि मन्त्रिपरिषद् बैठकले बिदा सम्बन्धी निर्णय गरेको थियो ।

यस्तो छ गृह मन्त्रालयको विज्ञप्ति –

सम्बन्धित
Loading...