महेन्द्रनगर । एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीच भइरहेको खेलमा नेपालका कुनै बलरले ५ विकेट लिएमा २५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाका स्थायी वासिन्दा तथा जुगल बिल्डर्सका सञ्चालक नरेश ओझा पुरस्कारको घोषणा गरेका हुन् ।
भारतविरुद्ध नेपालले २३० रन बनाएर २३१ रनको लक्ष्य दिएको छ ।