गाउँ फर्कियो माओवादी : पूर्व मुख्यमन्त्री भट्टलाई दुर्गममा जिम्मा, विनासहित अन्यलाई कहाँ ?

धनगढी । नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सञ्चालन गर्न नेताहरू गाउँ फर्किएका छन् ।

पार्टी सरकारमा जाँदा शहर केन्द्रित हुँदै आएका केन्द्रीय नेताहरूलाई गाउँगाउँका वडामा जिम्मेवारी तोकिएको छ । माओवादीले भदौ दोस्रो हप्तादेखि अभियान सञ्चालन गर्दैछ ।

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिले पूर्व मन्त्रीदेखि पूर्व मुख्यमन्त्रीलाई वडाको जिम्मेवारीमा खटाएको छ । कैलाली जिल्लाको कार्यविभाजन विवरणअनुसार पूर्व मुख्यमन्त्री त्रिलोचन भट्टलाई दुर्गम गाउँपालिका चुरेका सबै वडा हेर्ने गरी कार्यक्षेत्र तोकिएको छ । चुरे गाउँपालिका कैलालीको दुर्गम क्षेत्र मानिन्छ ।

पूर्व खानेपानीमन्त्री विना मगरको कार्यक्षेत्र धनगढी उपमहानगरपालिकाका ७ वटा वडामा परेको छ । पूर्व मन्त्री मगर ७, ८, ९, १०, १२, १५ र १७ नम्बर वडामा खटिनेछिन् ।

पूर्व सांसद रेणु चन्द गौरीगंगा नगरपालिकाको १–१२ नम्बर वडामा खटिनेछिन् भने पूर्व सांसद टेकेन्द्र भट्ट भजनी नगरपालिकाका १, २, ३, ४, ५, ७ र ९ नम्बर वडामा खटिने माओवादीले जनाएको छ ।

अभियानका लागि माओवादी केन्द्रीय समितिले सुदूरपश्चिम प्रदेश इन्चार्जमा डिलाराम आचार्यलाई खटाएको छ । इन्चार्ज मातहत केन्द्रीय नेताहरू, प्रदेश, जिल्ला र पालिकाका नेताहरू वडावडामा खटिने कार्यविभाजन गरिएको छ ।

यस्तो छ कैलालीमा तोकिएको केन्द्रीय नेताहरूको कार्यक्षेत्र –

सम्बन्धित
Loading...