काठमाडौं। सरकारले देशभरका लामो दूरीका यातायात सेवा भदौ १ गतेदेखि सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
कोरोना भाइरस संक्रमण रोकथामका लागि भन्दै सरकारले गत चैत महिनादेखि यातायात सेवा बन्द गरेको थियो ।
कोरोना भाइरस संक्रमण कम हुँदै गएकाले लामो दूरीका यातायात सञ्चालन गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद् बैठकले भदौ १ गतेदेखि लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । यसअघि जिल्लाभित्र यातायात सञ्चालन गर्न दिने निर्णय भएपनि यातायात व्यवसायीले आगामी बिहीबारदेखि बस चलाउने घोषणा गरेका छन् ।