लखनऊबाट धार्मिक पर्यटक बोकेर गएको रेलमा आगो लाग्दा ८ जनाको मृत्यु

काठमाडौं । भारतको लखनऊबाट धार्मिक पर्यटक बोकेर गएको रेल तमिलनाडुस्थित मदुरै रेलवे स्टेशन नजिकै दुर्घटना भएको छ ।

लखनउबाट धार्मिक पर्यटक बोकेर रामेश्वरम जाँदै गरेको रेलमा आगलागी भएको हो । दुर्घटनामा हालसम्म ८ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दक्षिणी रेलवे अधिकारीका अनुसार शनिबार बिहान मदुरै यार्ड जक्सनमा रोकिँदा रेलमा आगलागी भएको छ । केही यात्रुहरूले अवैध रूपमा ग्यास सिलिन्डर लिएर रेलभित्र पसेका थिए । ग्यास सिलिन्डरका कारण रेलमा ठूलो आगो लागेको जनाइएको छ ।

सम्बन्धित
Loading...