काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बजेटमा सांसदहरूका लागि छुट्याएको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकम कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशको स्वागत गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको रास्वपा संसदीय दलको बैठकले अदालतको अन्तरिम आदेशको स्वागत गर्ने निर्णय गरेको हो ।
चालू आर्थिक वर्षमा संघीय र प्रदेश सरकारले निर्वाचन क्षेत्रका लागि भन्दै विनियोजन विधेयकमा बजेट छुट्याइएको छ । अदालतको अन्तरिम आदेशपछि ठूला दलहरूले भने प्रतिनिधिसभा बैठकमा बोल्दै विरोध गरेका छन् ।