बेलायती नर्स ७ जना शिशुको हत्या गरेको अभियोगमा दोषी ठहर

काठमाडौं । ७ जना नवजात शिशुको हत्या गरेको र अन्य ६ जनाको हत्या प्रयास गरेको अभियोगमा बेलायतकी १ नर्स दोषी ठहरिएकी छन् ।

गत अक्टोबरदेखि मुद्दा लडिरहेकी ३३ वर्षीया लुसी लेट्बीमाथि बिरामी वा समय नपुगी जन्मिएका शिशुलाई अनावश्यक ग्यास र इन्सुलिन दिएको र दूधको बढी मात्रा दिएको आरोप लगाइएको छ ।

उत्तरी इङ्ल्यान्डको म्यानचेस्टर क्राउन कोर्टको जुरीले २२ दिनसम्म चलेको सुनुवाई र छलफलपछि फैसला सुनाएको छ ।

सन् २०१५ को जुनदेखि सन् २०१६ को जुनसम्म उत्तरपश्चिम इङ्ल्यान्डको काउन्टेस अफ चेस्टर अस्पतालको नवजात शिशुको मृत्यु भएपछि लेट्बीलाई पक्राउ गरिएको थियो ।

सम्बन्धित
Loading...