ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारोको बैंक खाताबारे अनुसन्धान गरिने

काठमाडौं । ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीशले पूर्व राष्ट्रपति जायर बोल्सोनारो र उनकी पत्नी मिचेलले गहना र अन्य सरकारी उपहारहरु हिनामिना गरेको आरोपमा प्रहरीलाई बैंक रेकर्डमा पहुँचका लागि अनुमति दिएका छन्

बोल्सोनारो र उनका पूर्व सहयोगीले आफ्नो कार्यकालमा साउदी अरेबिया र बहराइनजस्ता देशहरूबाट प्राप्त महंगा वस्तुहरु अवैध रुपमा राख्न र बेच्ने प्रयास गरेको आरोपमा अनुसन्धान जारी छ ।

सर्वोच्च अदालतका न्यायाधीश अलेक्जेन्ड्रे डी मोरेसले संघीय प्रहरीलाई बोल्सोनारोको ब्राजिलमा रहेको बैंक र कर सम्बन्धी रेकर्डको अनुसन्धान गर्न र संयुक्त राज्य अमेरिकामा बैंक र कर रेकर्डमा पहुँचका लागि अनुरोध गर्न अधिकार दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बोल्सोनारो (२०१९–२०२२) आफ्नो कार्यकाल समाप्त हुनुभन्दा २ दिनअघि ब्राजिलबाट संयुक्त राज्य अमेरिका प्रस्थान गरेका थिए । आफ्ना उत्तराधिकारी, अनुभवी वामपन्थी लुइज इनासियो लुला डा. सिल्भाको जनवरी १ को शपथलाई बेवास्ता गर्दै उनी अमेरिका गएका थिए । निर्वाचनमा सिल्भाले गत अक्टोबरमा बोल्सोनारोलाई पराजित गरेका थिए ।

सम्बन्धित
Loading...