बिहारमा गोली प्रहार गरेर १ पत्रकारको हत्या

धनगढी । भारतको पूर्वी राज्य बिहारमा शुक्रवार १ जना पत्रकारको गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ ।

बिहार राज्यको राजधानी पटनाबाट करीब ३१५ किलोमिटर पूर्वमा अररिया जिल्लाको रानीगञ्ज बजार क्षेत्रमा रहेको आफ्नै घरमा रहेका समय पत्रकार विमलकुमार यादवको हत्या भएको हो ।

स्थानीय हिन्दी पत्रिका दैनिक जागरणमा कार्यरत ३५ वर्षीय यादव घरभित्र रहेको समयमा उनलाई हतियारधारी अज्ञात समूहले गोली हानेको प्रहरीले बताइएको छ ।

प्रहरीका अनुसार बिहान अज्ञात बन्दुकधारीले उनको ढोका ढकढक्याएर उनलाई नाम उच्चारण गरेरै बोलाएपछि यादवले ढोका खोल्दा छातीमा गोली हानिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । यादवको घटनास्थलमै मृत्यु भएको हो ।

बिहारका मुख्यमन्त्री नितिश कुमारले घटनालाई दुःखद भन्दै घटनाको अनुसन्धान गर्न अधिकारीलाई निर्देशन दिएका छन् ।

सम्बन्धित
Loading...