गगन थापाको उद्घोष : सभापति देउवाको परम्परागत तरिका सहेर बस्दैनौं, संघर्ष गर्छाैं

इलाम । नेपाली कांगे्रसका महामन्त्री गगन थापाले पार्टीमा परम्परागत कार्यशैली बदल्न आवश्यक रहेकाले सहेर नबस्ने उद्घोष गरेका छन् ।

ईलामको फिक्कलमा आयोजित पार्टीको ‘पुनः जागरण उत्साह र एकता नेपाली कांग्रेसमा आजको सान्दर्भिकता’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले अब कांग्रेस बदल्न नचाहने कमजोर बन्दै जाने तर्क गरे ।

विधानले निर्णय गर्ने पूर्ण अधिकार सभापतिलाई दिएकाले आफूहरू नेतृत्वमा भएर पनि झट्टै बदल्न नसकिएको उनको भनाइ छ ।

‘सभापतिको परम्परागत तरिका सहेर बस्दैनौं । संघर्ष गर्छाैं, पार्टी बदलेरै छाड्छौं,’ उनले भने, ‘कांग्रेस बदलिए मात्र देशमा परिवर्तन आउन सक्छ ।’

उनले पार्टी सत्ता र राज्य सत्ताको नेतृत्वमा पटक–पटक एउटै मान्छे पुगे पनि कुनै रूपान्तरण नभएकाले अब कांग्रेस नयाँ तरिकाका साथ जाग्नुपर्ने बताए । ‘स्थानीय तहदेखि केन्द्रसम्म कांग्रेस सरकारमा छ । आज सबैभन्दा ठूलो राजनीतिक दल हामी हौं,’ महामन्त्री थापाले भने, ‘तर जनताका समस्या सम्बोधन हुन सकेका छैनन् । यही तरिकाले ८४ को आमचुनावमा ठूलो पराजयको शिकार बन्न सक्ने अवस्थालाई आज नसोचे कहिले सोच्र्ने ?’

आगामी चुनावमा कांग्रेसले कुनै दलसँग गठबन्धन नगर्ने उनले बताए । चुनावमा एकल बहुमत ल्याउन आजकै मितिबाट पार्टीलाई नयाँ ढंगमा बदलेर लैजान जरुरी भएको उनले बताएका छन् ।

सम्बन्धित
Loading...