काठमाडौं । नेपाली कांग्रेसका चर्चित युवा नेता तथा सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि छानबिन गर्न माग गरेका छन् ।
भारतीय गुप्तचर निकाय ‘रअ’का प्रमुखसँग प्रधानमन्त्री ओलीले गरेको गोप्य भेटलाई जायज र सामान्य मान्न नसकिने बताउनुहुँदै सांसद थापाले राष्ट्रिय सुरक्षा थ्रेट देखिएकाले छानबिन हुनुपर्ने माग गर्नुभयो ।
‘प्रधानमन्त्रीको सचिवालयले निकालेको प्रेस नोट अनुसार प्रम र भारतीय गुप्तचर प्रमुखबीच शिष्टाचार भेट भएको भन्नु नै अकूटनीतिक र हाँस्यास्पद छ,’ थापाले भन्नुभएको छ, ‘परराष्ट्र मन्त्रालय र नेपालको सुरक्षा निकायको अनुपस्थितिमा प्रधानमन्त्रीले विदेशी गुप्तचर प्रमुखसँग भेट्नु कूटनीतिक मर्यादा मात्र नभएर राष्ट्रिय सुरक्षाको विषय हो ।’
पूरा पढ्नुहोला –